मन्त्रिपरिषद् बैठकले तोक्यो राष्ट्रियसभा निर्वाचनको मिति

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित भएका हुन् भने बाँकी १९ जना निर्वाचनबाट आउनेछन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिन ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।



आयोगको आग्रह अनुसार नैं सरकारले माघ १२ गतेको लागि निर्वाचनको मिति तोकेको हो । सत्ता गठबन्धनले यसअघि नै राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचार