नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

नेपाल प्रहरीका ८ डीएसपी एसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको विहीबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार सिफारिसमा परेका डीएसपीहरुमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

