नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेट गरेका छन् । हिजो (बिहिबार) उनीहरु प्रचण्डलाई भेट्न खुमलटारस्थित प्रचण्डको निवास पुगेका थिए ।
उनीहरुले प्रचण्डकी पत्नी सीता दहालका स्वास्थ्य अवस्था जानकारी लिनुका साथै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । शुक्रबार काठमाडौंमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु बिहीबार काठमाडौं आएका हुन् ।
पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । बाबा रामदेवले नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने भन्दै भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताए ।

