नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

काठमाडौं महानगरपालिका-११ माइतीघर मण्डलामा आज (शुक्रबार) मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माइतीघरको जेब्राक्रसिङमा बागमती प्रदेश ०२ -०२४ प ६७७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार काभ्रे पाँचखाल नगरपालिका घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको छ । गम्भीर घाइते भएका मल्लिकारको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
