नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई योगगुरु रामदेवले ‘साधु स्वभाव’का नेताको संज्ञा दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा पतञ्जलि योग पिठमा आयोजित कार्यक्रममा रामदेवले देउवालाई ‘साधु स्वभाव’का नेता भएको बताएका छन् ।
पतञ्जलिका विभिन्न योजनाहरू उद्घाटनपछि रामदेवले देउवाको प्रशंसा गरेका हुन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो ।
रामदेवले आफ्नो प्रशंसा गरेपछि देउवाले रामदेवले नेपाललाई निकै माया गर्ने गरेको बताए । देउवाले भने, ‘बाबा रामदेवले नेपाललाई प्यार गर्नुहुन्छ, त्यसैले नेपाल आइरहनुहुन्छ ।’ त्यस्तै देउवाले आचार्य बालकृष्णप्रसाद रामदेवसँगत मिलेर नेपालका लागि धेरै काम गरेको भन्दै धन्यवाद दिए ।

