आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ९७२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ७७७ पीसीआर परीक्षणमा २७१ जना र एक हजार १९५ एन्टिजेन परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३६९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार ५४५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ । जसमा ७ हजार ६० जना होम आइसोलेसनमा छन् भने ४७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २३१ संक्रमित आईसीयूमा र ५६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १८ हजार ५७८ र एन्टिजेन विधिबाट ९५ हजार २७५ जना पुगेको छ ।

सम्बन्धित समाचार