नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । आज २९६ जनामा मात्र संक्रमण पुष्टि भएको छ । आज संक्रमिमति शून्य रहेका जिल्ला पाँच पुगेको छ । ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।
नेपालमा अहिलेसम्म संक्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।
