नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको असरस्वरुप शनिबार देशका केही ठाउँमा हल्का वर्षादेखि हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै, सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखालले जनाएको छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावन रहेको छ।
शनिबार राति देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागहरूमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ। यस्तै, कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको महाशाखाले जानकारी दिएको छ।
अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा वदली भइ देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
सो प्रणालीको प्रभावले देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएको महाशाखाले जानकारी दिएको छ।
