नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

नेपाली काँग्रेसका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता भएको छ । श्क्रबार सिंहलाइ भेट्न नेता कोइराला चाक्सिबारीस्थित सिंह निवास पुगेका थिए । चाक्सिबारी स्रोतकाअनुसार भेटमा १४औं महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न दुवै नेताले एक अर्कालाई आग्रह गरेका थिए ।
नेता कोइरालाले आफू सभापति उठ्ने र त्यसबाहेकका पदमा सहमति गरेर जानुपर्ने भनेका थिए । नेता सिंहले पनि सभापति लड्ने र मिलेर अघि बढ्न आग्रह गरेका थिए । पौडेल समूहबाट सभापतिको उम्मेद्वारमा सहमति नजुट्दा सो समूह तितरवितर भैरहेको छ ।
केही समयदेखि नेता सिंह रामचन्द्र पौडेल समूहबाट बाहिर छन् । उनी समूहका भेला र बैठकहरूमा पनि उपस्थित हुन छाडेका छन् । नेता सिंहलाई भेट्न सोमबारनेता पौडेल पनि चाक्सिबारी पुगेका थिए ।

