नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् । अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी गरे ।
नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई काँग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताए । अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे
अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराए ।

