लिभरपुलको फराकिलो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग ४-० को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

लिभरपुलको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको ३९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले थप ३ गोल गर्यो । दोस्रो हाफको ५२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।



लिभरपुलको फराकिलो जित

त्यस्तै खेलको ७३ औं मिनेटमा मोहमद सलाहले गोल मार्फत लिभरपुल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई ४-० को शानदार जित दिलाए । जितसँगै लिभरपुल १२ खेलमा २५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने २० अंक जोडेको आर्सनल पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार