मृत अवस्थामा ९ जना फेला

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोक चोकाछे गल्ली डेरा गरी बस्ने ललितपुर चापागाउँ घर भएका ५० वर्षीय रमेश न्यौपाने नाम बताउने पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-६ लाखे डाँडास्थित रेशम तामाङको बनाउदै गरेको घरको सिँडी मुनी सोही घरको रेखदेख गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय शरण खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।



त्यस्तै पाल्पा, रामपुर नगरपालिका-४ बडेमान बस्ने फल बहादुर सेनको घरमा नवलपरासी रामग्राम नगरपालिका-१८ पण्डितपुर बस्ने ५७ वर्षीय शंखर प्रसाद हरिजन शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै जुम्ला, तातोपानी गाउँपालिका-७ सुर्कीस्थित भेरीखोलामा सोही गाउँपालिका-७ ताप्ला बस्ने ६० वर्षीय जनक शाही शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डामा गेट बनाउने लेबरहरूलाई खाना बनाई बस्ने भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय गणेश पाण्डे शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, मेचिनगर नगरपालिका-११ धाईजन डेरा गरी बस्ने भोजपुर आमचोक
गाउँपालिका-२ बस्ने ४५ वर्षीया शर्मिला तामाङ आफ्नै ओछ्यानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी सिन्धुपाल्चोक, पाँचपोखरी गाउँपालिका-७ हतारमालीस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा ईन्द्रावती गाउँपालिका-२ कोट डाँडा बस्ने ४२ वर्षीय घ्याम्जु लामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धादिङ, थाक्रे गाउँपालिका-१० भिमसेन स्थान बस्ने ३८ वर्षीय राजकुमार सुनार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, धनपालथान गाउँपालिका-४ कर्सियास्थित बन्दै गरेको नयाँ घरको प्यासेजमा सोही ठाउँ बस्ने ३८ वर्षीय राम रचन मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार