आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार १२३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ८४५ पीसीआर परीक्षणमा २३२ जना र एक हजार २७८ एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३७० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ३ सय ५९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ । जसमा ६ हजार ६९६ जना होम आइसोलेसनमा छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२७ संक्रमित आईसीयूमा र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १९ हजार १९ र एन्टिजेन विधिबाट ९५ हजार ३१४ जना पुगेको छ ।

 

सम्बन्धित समाचार