आलियाले उल्टो ब्लाउज लगाएको भन्दै बनाइयो ट्रोल

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्।

आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्। उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्।



सामाजिक सञ्जालमा आलियालाई अश्लीलता फैलाएको आरोपसमेत लगाएका छन्। आजकल जति अश्लीलता देखाउ, त्यही फेशन बनिहाल्छ भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भैरहेको छ ।

सम्बन्धित समाचार