दुलही दुलहाको घरमा धर्ना दिन पुगेपछि…

भारतको ओडिशाको बरमपुरमा दुलही आफ्नी आमासँग धर्ना दिन बेहुलाको घर पुगेकी छन् । दुलहीले विवाहको दिन दुलहा जन्ती लिएर आफ्नो घर नपुगेको आरोप लगाएकी छन् । केही दिनअघि दुवैले कोर्ट म्यारिज गरेका थिए र दुवैको परिवारले विशेष व्यक्तिको उपस्थितिमा परम्परागत हिन्दू रितीरिवाजअनुसार पुनः विवाह गर्ने निर्णय गरेका थिए ।

बेहुली बेहुलाको घरमा धर्ना दिन पुगिन्
दुलहीको आरोप छ कि उनका परिवारका सदस्यहरूले जन्तीको लागि घण्टौं पर्खिरहेका थिए। दुलहीले बेहुलालाई धेरै पटक फोन कल र म्यासेजहरू पनि पठाइन् । न त उनको म्यासेजको जवाफ आयो न त उनको घरमा जन्ती नै ​​आयो, त्यसपछि उनी आमासँगै सिधै केटाको घरमा गएर विरोध गर्दै धर्ना दिन थालिन् । सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर आमा छोरीलाई सम्झाउने प्रयास गरेको थियो । तर दुवैले प्रहरीमाथि पनि आक्रोश पोखे ।



आमा–छोरीले प्रहरीमाथि आक्रोश पोखे
यो विषयमा बहरमपुरका एसपी पिनाक मिश्राका अनुसार महिलाले उनको विवाह सुुमित नामका युवकसँग भएको बताएकी छिन् । यसअघि पनि महिलाले कुनै विषयमा प्रहरीमा उजुरी दिएकी थिइन् । युवतीले केटा र उसको परिवारका सदस्यहरू विरुद्ध पुनः उजुरी दर्ता गरेकी छिन् । यसबारे अनुसन्धान सुरु भइसकेको र अदालतको निर्देशनको आधारमा कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।

दुलहीका अनुसार आफू र सुमितले ७ सेप्टेम्बर २०२० मा अदालतमा विवाह गरेको बताइन् । उनलाई पहिलो दिनदेखि घरका सदस्यले दुर्व्यवहार गरेको आरोप लगाइन् । सुरुमा उनका श्रीमानले उनलाई साथ दिएको तर पछि उनी आफ्नो परिवारको लहलहैमा लाग्न थालेको उनले बताइन् ।

‘मलाई थुप्रै पटक दुर्व्यवहार गरी कोठामा थुनियो । त्यसैले मैले प्रहरीमा उजुरी दिएँ । त्यसपछि दुई परिवारबीच सम्झौता भयो र हाम्रो २२ नोभेम्बरमा विवाहको मिति निश्चित भएको थियो । तर उनीहरु जन्ती लिएर आएनन् त्यसैले म आफ्नी आमासहित यहाँ आउनुपरेको हो ’ उनले भनिन्। – एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार