के आमिर खान तेस्रो विवाह गर्ने योजनामा ​​छन् ?, यी अभिनेत्रीसँग जोडियो नाम

बलिउडमा अहिले विवाहको सिजन चलिरहेको छ । धेरै सेलिब्रेटीहरूले सात फेरा लिएका छन् । र, धेरैले आफ्नो जीवनको नयाँ इनिङ सुरु गर्ने तयारी गरिरहेका छन् । यसैबीच, आमिर खानले पनि तेस्रो विवाह गर्न लागेको खबर आइरहेको छ ।

यसै वर्ष अगस्टमा आमिर खानले किरण रावसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । सम्बन्धविच्छेदको घोषणासँगै आमिरले आफ्नी श्रीमती किरण राव सधैं असल साथी हुने बताएका थिए । किरण एक फिल्म निर्माता र आमिरकी दोस्रो पत्नी हुन्।



आमिरले पहिलो विवाह रीना दत्तसँग गरेका थिए । दम्पतीका २ सन्तान ऐरा र जुनैद छन् । त्यही समयमा आमिरले पहिलो सम्बन्धविच्छेदपछि डिसेम्बर २००५ मा किरणसँग विवाह गरेका थिए । दुवैका एक छोरा आजाद हुन् । किरण रावसँग सम्बन्धविच्छेद भएपछि आमिर खानले तेस्रो विवाह गर्ने योजना बनाएको चर्चा भइरहेको छ । आमिर खानले ‘लाल सिंह चड्ढा’ रिलिजपछि विवाहको घोषणा गर्ने बताइएको छ । यो फिल्म अर्को वर्ष अप्रिलमा रिलिज हुँदैछ ।

अभिनेत्री फातिमा सना शेख किरण रावसँग सम्बन्धविच्छेद भएपछि सामाजिक सञ्जालमा ट्रोल भइन् । फातिमाका कारण आमिरले किरणसँगको विवाह तोड्ने निर्णय गरेको बताइएको छ । दुबैले ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा सँगै काम गरेका थिए ।

सम्बन्धित समाचार