बार्सिलोना बराबरीमा रोकिँदा बायर्न, चेल्सी, युभेन्ट्स र युनाईटेड नकआउट चरणमा

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकाले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो । यद्यपि घरेलु टोली बार्सिलोनाले पाएको मौकालाई सदुपयोग गर्न सकेन र खेलमा दुवै टोलीले अंक बाड्न वाध्य भए । बराबरी खेलेसँगै बार्सिलोनाले नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । बार्सिलोनाले अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग भिड्नेछ । जर्मन क्लब बायर्न नकआउट चरणमा पुगिसकेको छ ।



बार्सिलोना

समूह ‘ई’ मा रहेको बार्सिलोना ५ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा छ भने ५ अंक जोडेको बेन्फिका तेस्रो स्थानमा रहेको छ । त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत नै मंगलबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । बायर्नले डेनामो किएभलाई २-१ ले पराजित गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की १४ औं र किङ्सले कोमानले ४२ औं मिनेटमा गरेका थिए भने किएभका लागि खेलको डेनिस हरमासले ७० औं मिनेटमा एक गोल फर्काए पनि बायर्न २-१ ले विजयी भयो ।

बायर्न म्युनिख

बायर्न १५ अंक जोडेर समूह ‘ई’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगिसकेको छ भने १ अंक जोडेको किएभ समूहको पुछारमा रहेको छ । त्यसैगरी च्याम्पियन्स लिग अन्तर्गत हिजै भएको अर्को खेलमा चेल्सीले इटालियन क्लब युभेन्ट्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । समूह ‘एच’मा रहेका दुबै टिम नकआउट चरणमा पुगिसकेका छन् । यस्तै स्पेनिस क्लब भिल्ला रियललाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।

चेल्सी

म्यानचेस्टर युनाईटेड

सम्बन्धित समाचार