कांग्रेसको पुच्छर बनेका प्रचण्ड र माधवले देश विकास गर्न सक्दैनन्ः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छायर अघि बढ्ने दाबी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर भएको टिप्पणी गरे ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी पनि गरेका छन् । ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन् ।एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’ कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पूरानो भइसकेको बताए ।



न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गरेका छन् । ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताए ।

सम्बन्धित समाचार