मंसिर १५ गतेदेखि सर्वोच्चमा गोला प्रक्रियाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको भोलि बिहीवार बस्ने पूर्ण बैठकले यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बुधवार बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोला प्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसोसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत रहेका छन् ।



प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीवारको फूल कोर्टले गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो । यो निर्णय गएको सोमवार राजपत्रमा प्रकाशित समेत भइसकेको छ । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएशनको पनि थियो । अब त्यो माग पूरा हुने भएको छ ।

सम्बन्धित समाचार