नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनस्थल चितवनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ। पार्टी उपाध्यक्ष भीम रावलको विरोधपछि उक्त रात्रिभोज रोकिएको हो।
रावलले आफू पनि अध्यक्षको उम्मेद्वार रहेको र प्रतिनिधिलाई प्रभावित पार्न खोजिएको भन्दै मंगलबारको स्थायी कमिटी बैठकमा सो विषयमा आपत्ति जनाएका थिए। अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो।
एमालेको १० औं महाधिवेशनबाट ओलीले सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षा गरेका थिए। सोही अपेक्षाबमोजिम उनले मनोनयन दर्तापछि रात्रिभोजको आयोजना गरेका थिए।

