यी नेताले महासचिव बाहेक अन्य पदमा उम्मेदवारी नदिने

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवन पुगेका पाण्डेले आज (बिहीबार)नेता पाण्डेले आफूले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

उनले महासचिव पद भन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् । त्यस्तै पाण्डेले महासचिव पद नपाए कुनै पनि पदाधिकारीमा नउठ्ने बताएका हुन् । १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक पाण्डेले महासचिव पद नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने बताए ।



चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५-१५ जना निर्वाचित गर्ने छ । महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार