नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतीय जनता पार्टीका नेताहरु सहभागी हुने भएका छन् । भाजपाका नेताद्वय हरिश द्विवेदी र डा. हर्ष वर्धन उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
नेताद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणा स्वीकार्दै उद्घाटन समारोहमा शुभकामना दिन आउन लागेको एमालेले जनाएको छ । हर्षवर्धन भारतका पूर्व-केन्द्रीय मन्त्री र द्विवेदी भाजपाका सचिव हुन् । चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ ।
महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

