आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ९०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र एक हजार ८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २९८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख एक हजार ४२० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ । जसमा ६ हजार ९६१ जना होम आइसोलेसनमा छन् भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १९७ संक्रमित आईसीयूमा र ४१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २० हजार २८५ र एन्टिजेन विधिबाट ९५ हजार ४२४ जना पुगेको छ ।

सम्बन्धित समाचार