चितवन पुगेर सुवास नेम्वाङले खोले मुख

नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उठ्न साथीहरूले सल्लाह दिएको बताएका छन् । सहमति नभई मतदान हुने अवस्थामा महाधिवेशन स्थलबाटै उम्मेदवारी घोषणा गर्ने उनले बताए ।

दशौं महाधिवेनशमा सहभागी हुन चितवन पुगेका नेम्वाङले विहीवार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सहमति नभएको अवस्थामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका हुन् ।



महासचिव ईश्वर पोखरेलले पनि वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरिरहेका छन् । एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ ।

सम्बन्धित समाचार