प्रधानन्यायाधीशको राजीनामाबारे आज कानून व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन् । नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान साढे १० बजे बालुवाटार बोलाएका हुन् । छलफलका लागि बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली बालुवाटार जादैछ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसैअवसरमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाउने बताए । यसअघि प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन ।



एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले हिजोमात्रै सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

सम्बन्धित समाचार