एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दै

नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बैठकले नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गर्नेछ ।



एमालेमा विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी संख्यामा समेत हेरफेर गर्न सक्ने बताइएको छ ।n

सम्बन्धित समाचार