नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।
नेपालमा आज(शुक्रबार) सुनको मूल्य प्रतितोला रु २०० ले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएकामा बिहीबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार २०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बिहीबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार २२५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।