एमालेको १०औँ महाधिवेशन सुरु (लाइभ)

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली हिजै चितवन पुगेका छन् भने अन्य एमाले नेताहरु पनि चितवन पुगेका छन् ।

महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु पनि हिजो नै चितवन पुगिसकेका छन् । उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताए । उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट जुलुसहरु निकाल्ने कार्यक्रम रहेको पनि भट्टराइले जानकारी दिए ।



महाधिवेशनमा दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र मनोनित १०६ जना गरी दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहने छन् ।

भिडियो –

भिडियो साभार : News Agency Nepal

सम्बन्धित समाचार