चितवन पुगेर यसो भने माओवादी नेता पोखरेलले

नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले केही भिन्न मान्यता र परिवेशका कारण नेकपा एमाले र माओवादी केन्द्र अलग हुन पुगेको बताएका छन् ।

आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू कोही पनि माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न नचाहने बताएका छन् । पोखरेलले कम्युनिष्ट एकता आजको आवश्यकता भएको भन्दै नेपाल कम्युनिस्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताए ।



नेता पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न हाम्रासामु चुनौती रहेको बताए । कम्युनिस्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उनले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गरे ।

 

 

सम्बन्धित समाचार