घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बन्दसत्रको पूर्वसन्ध्यामा भुसालले आफ्नो दावी उपाध्यक्षमा रहेको बताए ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ ।



निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ । यद्यपि अध्यक्षसहित केन्द्रीय पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार