नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।

नेकपा एमाले अध्यक्ष केपी ओलीले सहमतिमा नेतृत्व चयन गर्न गरेको प्रयास असफल भएको छ । ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार सुवास नेम्वाङलाई निर्वाचनपछि राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको प्रस्ताव गरेकोमा नेम्वाङले अस्वीकार गरेका छन्। स्रोतका अनुसार उनले वरिष्ठ उपाध्यक्षमा नै मनोनयनको अडान राखेका छन् भने शाक्यले अध्यक्ष ओलीको प्रस्तावमा मौन स्वीकृत जनाएकी छन्।
नेम्वाङको अस्वीकारसंगै रावलले ओलीसमक्ष आफू जति मत आए पनि अध्यक्षमा नै उम्मेदवारी दिने पक्षमा रहेको जवाफ दिएका छन्। यससंगै सहमतिको प्रारम्भिक प्रयास असफल भएको छ ।
सहमति जुटाउन प्रयास गरिएकोले बन्दशस्त्र ढिलो गरी सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली २ बजेमात्र पुगेका छन् । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् ।

