ओलीले भाषण गर्दैगर्दा बैठक स्थलबाट बाहिरिएका घनश्यामले गरे यस्तो ट्विट

नेकपा एमालेका नेता घनश्याम भुसालले लडाइँका लागि तयार रहन आह्वान गरेका छन्। पार्टीको १०औं महाधिवेशनको बन्दसत्र चलिरहँदा उनले ट्विट गर्दै उक्त आह्वान गरेका हुन्।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गरेपछि नेता भुसाल हलबाट बाहिरिएका थिए। ‘सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ। ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि,’ उनले संस्कृत भाषामा ट्विट लेखेका छन्।



नेपालीमा यसको अर्थ हुन्छ- ‘जय-पराजय, लाभ-हानि र सुख-दु:ख समान सम्झँदै, लडाइँको लागि तयार बन। यसरी लड्दा पाप लाग्दैन।’ जारी महाधिवेशनमा नेता भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

सम्बन्धित समाचार