कोरोनाको नयाँ प्रजातिबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै, फेरि लकडाउनको चिन्ता

कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ ।सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ। बैठकमा स्वास्थ्य विज्ञहरुको समेतद सहभागिता रहने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ।



बैठकमा कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ। नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो।

दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । नयाँ प्रजातिको चर्चासँगै विश्वका केही देशहरुले लकडाउन गर्न थालिसकेका छन् । नेपालमा पनि फेरि लकडाउन हुने हो कि भन्ने चिन्ता नागरिकमा देखिएको छ ।

सम्बन्धित समाचार