नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन बन्दसत्र बिहान १० बजे सुरू हुने भएको छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्।
आजको बन्दसत्रमा उनले पदाधिकारी नाम प्रस्तुत गर्ने बताइएको छ। ओलीले पदाधिकारीको सूची बनाए पनि सार्वजनिक भने गर्न सकेका छैनन्। आज बन्दसत्रमा ओलीले नाम पढ्ने र अन्य नेताहरुले थपडी पिट्ने कार्यतालिका छ ।
आफ्नै समूहका नेताहरूले एउटै पदमा दाबी गरेपछि ओली अप्ठ्यारोमा छन्। ओली निकटका नेता विष्णु पौडेल र सुवास चन्द्र नेम्वाङ, महेश बस्नेत, गोकुल बाँस्कोटालगायत नेताहरूको असन्तुष्टिकै कारण ओलीले आफूले तयार पारेको सूची सार्वजनिक नगरेको स्रोतले बताएको छ।

