जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

जाजरकोटमा आज(आइतबार) बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो ।

जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइतेहरुको उद्धारगरी थप उपचारको लागि जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको बताए । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।



दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार