भीम रावलको उम्मेदवारीसम्बन्धी पर्चा खोसिएपछि…

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन बन्दसत्र सुरु हुन लागेको छ । बन्दसत्र भित्र भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर भित्र छिर्न निषेध गरिएको हो ।

मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाएको एक स्रोतले बतायो । रावलले एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । स्रोतका अनुसार ​स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।



यद्यपि रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको दाबी छोड्न सक्ने सन्देश नेता रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्।

 

 

 

 

 

सम्बन्धित समाचार