भीम रावलले दर्ता गरे एमाले अध्यक्षका लागि उम्मेदवारी

नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन् ।



ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए । तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने भएका हुन् ।

सम्बन्धित समाचार