ओलीले दर्ता गराए अध्यक्षमा उमेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । सोमबार बिहान सौराहास्थित होटेल सेभेन स्टारमा स्थापित केन्द्रीय निर्वाचन कार्यालयमा आएर उनले उमेदवारी दर्ता गराएका हुन् ।

यसअघि, उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका थिए । रावल सहमतिमा आउन नमानेकै कारण एमाले महाधिवेशनमा निर्वाचन हुन लागेको हो ।



चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत आज राति ९ बजेदेखि मतदान हुने भएको छ ।

सम्बन्धित समाचार