नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।

नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आज(सोमबार) बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
भीम रावलले उम्मेदवारी दर्ता गरे लगत्तै ओलीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको थियो । आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको थियो ।
रावल सहमतिमा आउन नमानेकै कारण एमाले महाधिवेशनमा निर्वाचन हुन लागेको हो । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत आज राति ९ बजेदेखि मतदान हुने भएको छ ।

