नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान सुरु भएको छ। मंगलवार बिहान ४ बजेबाट होटलको इलाफेन्ट हलमा मतदान शुरु भएको हो। अध्यक्षका उम्मेद्वारद्वय केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन्।
अहिलेसम्म ८०० बढीले मतदान गरिसकेको एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ। यतिबेला मतदाताहरु लामबद्ध छन्। यही लाममा ओली पक्षका नेताहरुले भीम रावललगायतलाई मत नहाल्न उर्दी जारी गर्दै रेजा लगाएको सुची बाँडेको छ।
यसैगरी मतदातालाई प्रभावित पार्न ओली पक्षले मत हाल्नै नहुने भन्दै भीम रावललगायतको सूची बाँडिरहेको छ।
यता अध्यक्ष पदका उम्मेदवार भीमरावलले अध्यक्ष पदमा चुनाव हारेमा केन्द्रीय सदस्य पनि नबस्ने बताएका छन् । अध्यक्ष पदमा उम्मेदवारी हुँदाहुँदै विद्युतीय मतदान मशिनमा केन्द्रीय सदस्यमा पनि नाम भेटिएपछि रावलले उम्मेदवारी नै नदिएको केन्द्रीय सदस्यमा बस्ने र शपथ खाने कुरै नहुने बताए ।


