निर्धारित समयमा सकिएन एमालेको मतदान, ११ बजेसम्म लाग्नसक्ने

नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा ढिलो सकिने भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान ९ बजेसम्ममा सक्ने तालिका थियो । तर अझैसम्म मतदान जारी छ ।

करिब २२ सय प्रतिनिधिमध्ये करिब १५ सयले मतदान गरेका छन् । यसअनुसार मतदान सकिन ११ बजेसम्म लाग्नसक्ने बताइएको छ ।



विद्युतीय मेसिनबाट भइरहेको मतदानमा एकजना करिब आधाघण्टा लाग्ने अनुमान गरिएको थियो । मतदानपछि आजै मतगणना गर्ने निर्वाचन तालिकामा उल्लेख छ । एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै सदस्यका लागि निर्वाचन भइरहेको छ ।

सम्बन्धित समाचार