एमालेकाे निर्वाचित केन्द्रीय कमिटीको बैठक र शपथग्रहण सौराहामै हुने

नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । महासचिव शंकर पोखरेलले निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथग्रहण चितवनमा नै गर्ने तयारी रहेको बताए ।

त्यस्तो पोखरेलले बैठक छोटो हुने भन्दै मतपरिणाम सार्वजनिक भएगत्तै शपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्ने बताए । अहिले मतदानको मतगणना जारी रहेको र परिणाम ३ बजे भित्र आइसक्ने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।



विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको हो । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र खुला सदस्यमा भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

सम्बन्धित समाचार