नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । आज भएको निर्वाचनमा भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । उनले जम्मा ७३५ मत गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमामा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा , घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिडेका थिए । उपाध्यक्षमा विजयमध्ये अष्टलक्ष्मी शाक्यले १९७६ मत पाएकी हुन् । उनको मत सबैभन्दा बढी हो । त्यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा विजयी भएकाहरु सबै ओली पक्षका हुन् । उनीहरुको नाम ओलीले बन्दसत्रमा सर्वसम्मतिका लागि उपाध्यक्षमा प्रस्ताव गरेका थिए।

