सचिवमा गोकर्णलाई बढी मत, भीम आचार्य र टंक कार्की पराजित

नेकपा एमालेको सचिवमा पनि ओली प्यानलनै विजयी भएका छन् । भर्खरै प्राप्त मतपरिणाम ओलीले अनुमोदन गरेका गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

सचिवमा गोकर्णले सबैभन्दा बढी मत पाएका छन् । उनले १९७६ मतसहित लोकप्रिय मत पाएका हुन् । त्यस्तै योगेशले १९६४, छविलाल र पद्माले समान १८००-१८०० मत पाउँदा लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । उनीहरुको नाम ओलीले बन्दसत्रमा सर्वसम्मतिका लागि सचिवमा प्रस्ताव गरेका थिए।



ओलीले प्रस्तुत गरेको नामभन्दा बाहिर गएर उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० र कार्कीले सबैभन्दा कम ५०० मत पाए । यस्तै अध्यक्षमा उम्मेदवारी दिएका भीम रावल र उपाध्यक्षका उम्मेदवार घनश्याम भुषाल पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको नामभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

सम्बन्धित समाचार