नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट उठेनन्।
रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको बताउँदै शपथ पनि नलिने बताएका थिए। केन्द्रीय सदस्यमा विजयी भएपनि उनले आफ्नो नाम कटाएका थिए ।
अध्यक्षमा उम्मेदवार बनेका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए। रावलले २२३ मत ल्याएका थिए भने ओलीले १८३७ मत ल्याएर विजयी भएका थिए।

