नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र केन्द्रीय सदस्यको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ। महाधिवेशन निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आधिकारिक मत परिणाम सार्वजनिक गरेका हुन्।
पदाधिकारीमा पराजित भीम रावल, घनश्याम भुसाल, भीम आचार्य केन्द्रीय कमिटीमा भने निर्वाचित भएका छन्। तर, रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
आयोगका अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८३७ मत ल्याएर विजयी भएका छन् भने पराजित भीमबहादुर रावलले २२३ मत पाएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका थिए। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६, युवराज ज्ञवाली १८४२, रामबहादुर थापा १७६८, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्वाङ १८६५ र विष्णु पौडेल १८५६ मतसहित विजयी भएका छन्। घनश्याम भुसालले ७२५ मत ल्याएर पराजित भएका छन्।
महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा विष्णु रिमाल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ निर्विरोध निर्वचित भए।

