नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई बधाई दिएका छन् । हिजो (मंगलबार) एक ट्विट गर्दै उनले ओली टिमलाई बधाई दिएका हुन् ।
त्यस्तै भट्टराईले एमालेलाई सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना दिए । उनले विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
बाबुरामले ट्विटरमा लेखेका छन्ः ‘नेकपा (एमाले) महाधिवेसनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहाॅको टिमलाई हार्दिक वधाइ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!’
बाबुरामको ट्विट :

