पार्टीमा अग्रज नेताको योगदान र भूमिका अझै आवश्यक छ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्नुपर्ने बताएका छन् । आज (बुधबार) बाट भृकुटीमण्डपमा सुरू भएको महाधिवेशनलाई सम्बोन्धन गर्दै गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

त्यस्तै लिङ्देनले समयको पदचापलाई बुझेर पार्टीलाई अगाडि बढ्ने बाटो खोलिदिन आग्रह गरेका छन् । आफूलाई अध्यक्ष प्रकाशचन्द्र लोहनीले भावी अध्यक्षको रुपमा समर्थन गरेको उल्लेख गरे । पार्टीमा अग्रज नेताको योगदान र भूमिका अझै आवश्यक भए पनि कार्यकारी भूमिका परिवर्तन हुनुपर्ने बताए ।



यस्तौ उनले कमल थापालाई अध्यक्षको दौडबाट हटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको भन्दै लिङ्देनले पछिल्लो २ वर्षमा पार्टी जसरी चल्यो, त्यसरी चल्ने हो भने पार्टीले बोकेको मुद्दा नै रहन्छ कि रहँदैन भन्ने प्रश्न गरे । ‘तपाईंहरु काम नलाग्ने हुनुभयो, फेल हुनुभयो भनेर हामीले भनेको छैन । तपाईंहरुको योगदान र भूमिका राप्रपामा अझै पनि चाहिन्छ’, लिङ्देनले भने , ‘तर, यो कार्यकारिणी भूमिकामा परिवर्तन गर्नुपर्यो । कार्यकारिणी भूमिका फेरेर हेर्नुपर्यो । म आग्रह गर्छु ।’

लिङ्देनले भने, ‘यही शैलीमा अगाडि बढ्ने हो भने समाप्त हुन्छ त भन्दिन, तर कसरी ३० प्रतिशत कटाउने र अरु पार्टीहरुसँग मिलेर २/४ सिट जित्ने भन्नेमा केन्द्रित हुन्छौं ।’ राप्रपाको मुद्दा सडकमा सर्वाधिक लोकप्रिय भएको भन्दै लिङ्देनले अहिले राप्रपा कहाँ छ भनेर प्रश्न गरे ।

सम्बन्धित समाचार