मुक्तिनाथ बैंकका ग्राहकहरूलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरूले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरू जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरूमा १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् भने देव कर्नरमा पनि सम्झौतापश्चात् बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले समेत विभिन्न सेवामा ३० % सम्म छुटको फाइदा लिनसक्ने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरूसँग सम्झौता गरेका हो ।



यसै क्रममा मुक्तिनाथ विकास बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगंज प्रालिसँग र काठमाडौंमा विभिन्न शाखाहरू रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौताहरूमा हस्ताक्षर गरेको हो ।

सम्बन्धित समाचार