सत्ता गठबन्धनले दियो प्रधानन्यायाधीशलाई यस्तो सुझाव

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्तारुढ दलका शीर्ष नेताहरुले सुझाव दिएका छन् । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले यस्तो सुझाव दिएको हो ।

कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत् प्रधानन्यायाधीश जबरालाई तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको काम कारबाही अघि बढाउन सत्तारुढ दलका शीर्ष नेताहरुले सुझाव दिएका हुन् । बैठकपछि सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक तोकेर सर्वोच्च अदालतको कामकारबाही बढाउन सुझाव दिने निष्कर्ष निकालेको छ।’



आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरुको सहभागीता रहेको थियो ।

 

सम्बन्धित समाचार